मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको कास्की मोडेल हस्पिटलमा १०% छुट


मुक्तिनाथ विकास बैंक लिमिटेडले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखराको न्यू रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरुमा १०% सम्म छुट प्राउने सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटएिम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।