महालक्ष्मी लाईफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण सभा जेठ २६ गते बस्ने भएको छ । जेठ २ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले जेठ २६ गते घुम्बाराहीमा बिहान ११ बजे पाँचौ साधारण सभा बोलाइएको हो ।

सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तथा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने\गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले आर्थिक वर्ष २०७७\७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात, आय व्यय हिसाव नाफा\नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा NFRS बमोजिमको वित्तिय विवरण छलफल गरी पारित गर्ने छ ।

यस्तै लेखा परिक्षण समितिद्वारा सिफारिस भए बमोजिम आ.व. २०७८\७९ अवधिका लागि लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।