हिमालयन र नेपाल लाइफको बीमा पोलिसी नबीकरणमा शुल्क तथा जरिवाना छुट


हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले बीमा पोलिसी नबीकरणमा शुल्क तथा जरिवाना छुट दिने भएका छन् ।

हिमालयन लाइफले साविकको प्राइम, गुराँस र यूनियन लाइफका बिमितहरुलाई १ वर्षदेखि ३ वर्षसम्मको पोलिसी नबीकरण गर्दा शतप्रतिशत शुल्क तथा जरिवाना छुट दिने भएको हो ।

त्यसैगरी ३ देखि ७ वर्षसम्मको बीमा पुर्नजागरण गर्दा यस्तो जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा पुरानो पोलिसीमा २५ प्रतिशत छुट दिने हिमालयन लाइफले जनाएको छ ।

उता नेपाल लाइफले पनि १८० दिनदेखि २ वर्षसम्म व्यतित भएका पोलिसी पुनर्जगरण गर्दा ३० प्रतिशत, २ देखि ५ वर्षसम्मकोमा २५ प्रतिशत र ५ वर्षदेखि माथिको हकमा १० प्रतिशत व्याज तथा जरिवाना छुट दिने भएको छ ।

कम्पनीका अनुसार यसरी बिमितले पाउने छुटको प्रतिशतले हुने रकम ३० हजार रुपैयाँभन्दा बढी भएको खण्डमा ३० हजार मात्र छुट हुने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।