मानुषी लघुवित्तको साधारण सभा जेठ ३२ गते


मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले जेठ ३२ गते साधारण सभा आह्वान गरेको हो ।

जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले जेष्ठ ३२ गते बिहिबार दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस प्रा. लि., मध्यपुर थिमी नगरपालि वडा नं. १, लोकन्थलीमा सभा डाकेको छ ।

सभाले आर्थिक वर्ष २०७८\०७९ को चौंथो वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८\०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले २०७९\०८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नुका साथै सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने छ । लघुवित्तले साधारण सभामा भाग लिने प्रयोजनको लागि जेठ १८ गते बुकक्लोज मिति तोकेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा जेठ १७ गतेसम्म कारोबार भई संस्थाको सेयरधनी दर्ता किताव वित्तीय संस्थाको सेयर रजिष्ट्रार नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लि. हात्तीसार, काठमाण्डौमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न, बोनस सेयर तथा लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।