प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित


नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ बजे बस्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।