घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेकोमा जेठ १२ गते शुक्रबार बाँडफाँड गरेको हो ।

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जारी पूँजीको १.९० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित प्रिमियम बापत ३३५ रुपैयाँ थप गरि प्रतिसेयर ४३५ रुपैयाँको दरले ७ लाख ५४ हजार ६६१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका बिक्री खुल्ला गरिएको थियो ।

सो अवधीभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई ६ लाख ६ हजार ३५० कित्ता साधारण सेयर वितरण गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । जारी भएकोमध्ये १ लाख ४८ हजार ३११ कित्ता सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त सेयर अब सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ ।

सेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट www.himalayancapital.com वा www.nabilinvest.com.np अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेभसाईट www.iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।