एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिकीमा


एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिकी गर्ने भएको छ । कम्पनीले २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको हो ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीलाई प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीमा उक्त कित्ता सेयर बिक्री नभएमा भने आम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीले आज जेठ १५ गतेदेखि ३५ दिनभित्र वित्तिय संस्थाको केन्द्रीय कार्यालय मैतिदेवी काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । लगानीकर्ताले आवेदन दिँदा के कति कित्ता खरिद गर्ने हो सोको विवरण खुलाई आवेदन दिनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।