क्लासिक टेकको थप ७ स्थानमा नयाँ आउटलेट


क्लासिक टेकले सपोर्टलाइ प्राथमिकता दिँदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाइ निरन्तरता दिएको छ ।

देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल , थली, केराबारी , पुष्पलाल चोक र बुधबारेमा विस्तार गर्दै ग्राहकलाई अझै गुणस्तर सेवा प्रदान गर्ने उदेश्य राखेको छ ।

यी विस्तारहरूसँगै, क्लासिक टेकले अब आफ्ना मूल्यवान ग्राहकहरूलाई असाधारण सेवाहरू प्रदान गर्दै देशभर १०४ आउटलेट समेटेको छ ।
ग्राहकले फोनबाट इन्टरनेट सम्बन्धि गुनासो, सापटी, महसुल भुक्तानी लगायत अरु सुबिधाहरु लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको छ ।

ग्राहकहरूका लागि सुरक्षित भुक्तानी विकल्पहरूको विस्तृत श्रृंखला रहेको सुनिश्चित नेपालको सबैजसो अनलाइन वालेट ईसेवा, फोन पे, प्रभु पे, आइएमई पे तथा डेबिट क्रेडिट कार्ड, नेपाल पे, कनेक्ट आइपीएसजस्ता अग्रणी भुक्तानी प्रदायकहरूसँग साझेदारी भैसकेको छ । अनलाइनबाट पेमेन्ट गर्दा ग्राहकलाई आकर्षक क्यास ब्याक डिस्काउन्ट राइउटर अपग्रेडको कअजझभ हरु पनि रहेको छ।

क्लासिक टेक ग्राहक मोबाइल एप अत्यन्त सुविधा र प्रयोगको सहजतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । प्रयोगकर्ताहरूले यसको सहज इन्टरफेस र सुविधाहरूको विस्तृत श्रृंखलाको साथ सहज अनुभवको आनन्द लिन सक्छन् । केवल केही ट्यापहरू मार्फत, ग्राहकहरूले बिल भुक्तानीहरू, खाता व्यवस्थापन, प्याकेज जडान, र अधिक सहित विभिन्न सेवाहरू पहुँच गर्न सक्छन् ।

नवीनतम प्राविधिक विकासलाई ध्यानमा राख्दै, कम्पनी ले न्यूनतम मुल्यमा राउटरहरू र सेट–टप बक्सहरू प्रदान गर्दै गएको छ । नयाँ जडान सम्बन्धि जानकारीका लागी ९८०१००४४७७ मा सम्पर्क गर्न सकिने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।