सहरी विकासको बजेट झण्डै दोब्बर


सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०\८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०\८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।