कुमारी बैंकले साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


कुमारी बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकलेआज जेठ १६ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयर बिक्री मूल्य १२१ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । ५ लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो प्यान नम्बर उल्लेख गर्नुपर्ने छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।