अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन गरेको आईपीओमा बैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्ने छन् ।

कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओ निष्कासन गरेको थियो ।

उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् भने स्थानिय बासिन्दाका लागि समय थप गरिएको छ । कम्पनीले यसअघि जेठ १६ गतेसम्म आवेदन दिन सक्नेगरी जारी गरेको सेयरमा प्रयाप्त आवेदन नपरेपछि जेठ १९ गतेसम्मका लागि समय थप गरिएको हो ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँका दरले २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यस्तै ६ करोड ५० लाख रुपैयाँ बराबको १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स. वडा नं. १ र २, खुदी गा.वि.स. वडा नं. ३, ताघ्रिङ्ग गा.वि.स. वडा नं. ४, घेरमु गा.वि.स. वडा नं. ५, बाहुन डाँडा गा.वि.स. वडा नं. ६, भुलभुले गा.वि.स. वडा नं. ७ र ८ तथा सिमपानी गा.वि.स. वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा स्थानिय बासिन्दाहरुले सो आईपीओमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा जेठ १६ गते हुनेछ भने उक्त समयसम्म पुरै कित्तामा आवेदन नपरेमा भने सो अवधि जेठ ३० गतेसम्म लम्बिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । अप्पर स्याङ्गे हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आवेदन दिने स्थान

स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल नक्साल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकको बेशीसहर र भुलभुलेका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आरुबा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।