समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी कालोसूचीमा (सूचनासहित)


सार्वजनिक खरिद अनुगमनको कार्यालयले २२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

भरतपुर चितवनमा रहेको कलेज अफ इम्प्लोइमेन्ट प्रा.लिलाई ३ वर्ष, बानेश्वरमा रहेको पप्पु कन्ट्रक्सनलाई २ वर्ष कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

यस्तै पुल्चोकमा रहेको वाई.पी कन्ट्रक्सन प्रा.लिलाई १ वर्ष ६ महिना, सप्तकोशी जलाधार प्रा.लिलाई १ वर्ष ३ महिना कालोसूचीमा राखिएको छ भने अन्य १८ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई १ वर्षका लागी कालोसूचीमा राखिएको छ ।  सप्तकोशी जलाधार प्रा.लिलाई २ सार्वजनिक निकायले कालोसूचीमा राख्न निवेदन दिएका हुन् ।

कालो सूचीमा परेकाहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।