आधा महिनामा उपत्यकामा १ करोड किलो तरकारी तथा फलफूल भित्रियो


कालीमाटी फलफूल तथा तरकारी बजारमा १ करोड बढीको तरकारी तथा फलफूल भित्रिएको भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास बोर्डका अनुसार जेठ महिनाको १७ गतेसम्म १ करोड ६ लाख ८१ हजार ५६२ किलो तरकारी तथा फलफूल भित्रिएको हो ।

कालीमाटीमा तरकारी मात्रै ८६ लाख ५३ हजार ७०८ किलो भित्रिएको छ । फलफुल १२ लाख ४२ हजार २८५ किलो भित्रिएको छ भने मसला ५ लाख २४ हजार ३४३, माछा २ लाख २२ हजार ४६३ र अन्य ३८ हजार ७६३ किलो आएको छ ।

कालीमाटीमा एक दिनको अवधिमा २ लाख देखि ७ लाख किलोसम्मको तरकारी तथा फलफूल भित्रिने गर्दछ । आज मात्रै २ लाख ५ हजार २०१ किलो तरकारी तथा फलफूल भित्रिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु