अमेरिकी डलर बढ्दा अष्ट्रेलियन र युरो घट्यो


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको थियो ।

यस्तै आज बिहीबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको थियो ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५४ पैसा र बिक्री दर ८५ रुपैयाँ ९३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । हिजो अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७८ पैसा रहेको थियो ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ०२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ७४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।