समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले जेठ २२ गते बुकक्लोज गर्दैछ । बुकक्लोजअनुसार आज जेठ २१ गतेसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउन सक्नेछन् ।

लघुवित्तको साधारण सभा असार ३ गते अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०.३० बजे सुरु हुने छ ।

सभाले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ । सभाले संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै अधिकृत पुँजी वृद्धि गरी ६५ करोड सम्म बनाउने प्रस्ताव पनि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।