नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको नयाँ कार्य समिति चयन, भन्सार दर सच्याउन माग 

0
Shares

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको जेठ २१ गते काठमाण्डौमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ। साथै दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । 
 
संघको उपाध्यक्षमा रतन लाल केडिया तथा अमित मोर चयन भएका छन । यस्तै महासचिव निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । 
 
साथै उक्त विशेष साधारण सभाले आगामी आर्थिक वर्षको बजेट मार्फत वनस्पति घ्यू तेलमा बढाइएको भन्सार दर लाई तत्काल सच्याइ साबिक बमोजिम कै कायम गर्न माग समेत गरेको छ ।
 
हाल भारत मा घ्यु तेल मा भन्सार महसुल ०%  र जिएसटी ५% मात्र रहेको तर नेपालमा कच्चा पदार्थ मै १०% र भ्याट १३% लगाइएको हुँदा नेपाल र भारत मा कर मात्रै लगभग २०% को फरक हुन गएको संघले जनाएको छ । ।
 
जसले गर्दा नेपाल र भारत जस्तो खुल्ला सिमाना भएको देश मा चोरी पैठारी बढ्न गई अनाधिक्रित ब्यापार बढी एकातिर घ्यु तेल उध्योग हरु पनि संकट मा पर्ने  संघको भनाई छ ।
 
भारत सँगको सिमावोर्ती क्षेत्र मा चोरी पैठारी का सामान हरु बिक्री बितरण भईरहेको अझ थप भन्सार महसुल को फरक हुँदा यस्ले ठुलो रुपमा असर गर्ने भन्दै प्रस्तुत बजेट मा बढाइएको भन्सार दर लाई तत्काल सच्याइ साबिक बमोजिम कै कायम गर्न का लागि सम्बन्धित सरोकारवाला निकायमा माग समेत गरेको छ ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।