चिलिमे जलविद्युतको पुरानो लाभांश संकलन गर्न अनुरोध

0
Shares

चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीहरुलाई पाँच वर्षभन्दा पुरानो नगद लाभांश संकलन गर्न आग्रह गरेको छ । कम्पनीले आव २०७३–७४ देखिको संकलन गर्न बाँकी नगद लाभांश लिन आउन सेयरधनीलाई आग्रह गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७३–७४ को नगद लाभांश बुझिलिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो । कतिपय सेयरधनीहरुले हालसम्म पनि नगद लाभांश संकलन नगरेको भन्दै कम्पनीले सूचना जारी गरेर नै भनेको हो ।

उक्त आर्थिक वर्षमा कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनीको २०७४ कात्तिक २४ गते बसेको २१ औँ वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित भएको थियो ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश संकलन नगरे लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयबाट रकम संकलन गर्न सकिने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।