दुई जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कति पाए ओपन रेञ्ज ?

0
Shares

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा दुई जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ ।

नेप्सेका अनुसार दोल्ती पावर कम्पनीको ५३ लाख ६४ हजार ८६० कित्ता र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको ५४ लाख ४० हजार ५३४ कित्ता साधारण सेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

दोल्ती पावरलाई पहिलो कारोबारको लागि नेप्सेले ८७ देखि २६१ रुपैयाँसम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयरु बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल डीओएलटीआई (DOLTI) रहेको छ ।

भुगोल इनर्जिलेलाई पहिलो कारोबारको लागि नेप्सेले ६७.६३ रुपैयाँदेखि २०२.८९ सम्मको ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल बीईडीसी (BEDC) रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।