‘आइएमई पे’बाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

0
Shares

‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले क्यासब्याक पाउने भएका छन् ।

प्रिमियम भुक्तानी गर्दा ग्राहकले आफ्नो प्रिमियम रकमको ०.५५ प्रतिशत वा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

साउन ३१ गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।