कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ४८ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी पुष्पराज कुँवरको नाममा रहेको ४५ हजार र खड्ग बहादुर दर्लामीको नाममा रहेको ३ हजार ११६ गरी कुल ४८ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आम सर्वसाधरणले भने यस पटकको लिलामीमा खरिद आवेदन दिन पाउनेछैनन् ।

सेयर खरिद गर्न इच्छुक विद्यकमा संस्थापकहरुले आज जेठ २५ गते बिहीबारदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । संस्थापकहरुबाट आवेदन नपरेमा सर्वसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।