४५ दिनभित्रै आईपीओ स्वीकृत हुने वातावरण निर्माण गर्छौः बोर्ड अध्यक्ष हमाल

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सार्वजनिक निष्कासन प्रक्रियालाई सरल र सहज बनाउने बताएका छन् ।

बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले ४५ दिनभित्र सबै प्रकृया पूरा गरी अनुमति दिने बताएका हुन् । आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्नेछौँ’, उनले भने ।  धितोपत्र बोर्डका सबै कामलाई विद्युतीय तथा स्वः चालित बनाउने योजना रहेको पनि हमालले बताए । बोर्ड पछिल्लो समय विद्युतीय प्रणालीमा जोड दिएको बताउँदै आफू बोर्ड मार्फत हुने सम्पूर्ण कामलाई पूर्ण रुपमा डिजिटल गर्न लागि परेको उल्लेख गरे । ‘हाम्रा सबै काम अब पेपरलेस बनाउँदै लग्ने छौं’, उनले भने ।

बोर्डले प्राथमिक सेयर खरिदका लागि आवेदन दिँदा लाग्ने सि आस्बा शुल्कमा गरेको कटौतीबाट ५० लाख लगानिकर्ता लाभान्वित भएको उनले बताए । यस्तै बजेट मार्फत गैर आवासीय नेपालीहरु (एनआरएन) को लगानी पुँजी बजारमा भित्र्याउने कुरा निकै स्वागतयोग्य रहेको उनको भनाई छ ।

लगानीकर्ताको क्षमता र वित्तीय साक्षरताबाट चेतना बढाउन क्यापिटल मार्केट इन्स्टिच्युट सञ्चालन गर्ने तयारी बोर्ड रहेको बताए । कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी रहेको बताउँदै हमालले आफ्नो कार्यकालमा कर्मचारीलाइ थप प्रोत्साहन मिलोस् भनेर कर्मचारीको सेवा सुविधामा अझ वृद्धि गर्ने योजना रहेको उनले सुनाए ।

सोही अवसरमा उनले पुर्वाधार निर्माण गर्न आशयपत्र (एलओआई) पाएका सबै ब्रोकर कम्पनीहरुलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने जानकारी दिए । पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिइसकको उनको भनाई छ । उनले भने,– ‘थप १८ वटा ब्रोकलाई लाइसेन्स दिएका छौं, हाल ब्रोकरको संख्या ६८ पुगेको छ, अब दुई महिनामा ९३ ब्रोकर सञ्चालनमा ल्याउँछौं ।’

आगामी आर्थिक वर्षभित्र कमोडिटिज एक्सचेन्ज सञ्चालन गर्ने बोर्डको योजना रहेको उनको भनाई थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।