मनकामना दरौंदी हाइड्रोपावरको सेयर खरिद नगर्नु : सेबोन


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर निष्काशनको लागि बोर्डमा आवेदन नदिएको भन्दै मनकामना दरौंदी हाइड्रोपावरको सेयर खरिद नगर्न आग्रह गरेको छ ।

उक्त कम्पनीले बाोर्डको स्वीकृतिबिना नै सेयर जारी गरेको भन्दै सेयर खरिद नगर्न आग्रह गरेको हो । हाइड्रोपावरले जेठ २४ गते पत्रिकामा सूचना प्रकाशित गर्दै सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम ५ सय कित्ताको लागि आवेदन दिन सूचना निकालेको थियो ।

धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरुले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र संगठित संस्थाले एक पटकमा ५० जना भन्दा बढीलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ ।

उक्त कम्पनीले गैरकानुनी रुपमा सेयर जारी गरेको र लगानीकर्ताले त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुनी व्ययवस्थाबाट लगानीकर्ताहरुको हितसंरक्षण नहुने भन्दै यस्तो निष्काशनमा लगानी नगर्न आग्रह गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।