बढ्यो अमेरिकी डलरको भाउ, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ ।

हिजो अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको थियो । युरोको भाउ खरिद दर १४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १४० रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १८ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १५ पैसा र बिक्री दर ३५ रुपैयाँ ३१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।