मेटलाइफ नेपालले सुरु गर्यो डिजिटल स्ट्यान्डीङ इन्स्ट्रक्सन सेवा

0
Shares

मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक बीमा शुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डीङ इन्स्ट्रक्सन (ई–म्यान्डेट) सुविधाको सुरुवात गरेको छ ।

नेपाल क्लियरिङ हाउस र स्ट्याण्र्डड चार्टड बैंकसँगको सहकार्यमा मेटलाइफ नेपालले नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नो प्रणालीलाई एकिकृत गरी डिजिटल स्ट्यान्डीङ इन्स्ट्रक्सनको आरम्भ गरेको हो ।

यस व्यवस्थासँगै, मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झट मुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् । मेटलाइफ नेपालको पोर्टलमा लगइन गरेपछि, ग्राहकले आवश्यक अनिवार्य जानकारी (भुक्तानी अन्तराल र रकम) समावेश गराई, दर्ता भएपछि सुविधाको प्रक्रिया पुरा हुनेछ । ई–म्यान्डेट आधारित भुक्तानीहरूले नियमित वा आवर्ती/आवधिक प्रकृतिको भुक्तानीहरूलाई प्राथमिकता दिनेछ ।

ग्राहकहरूले यो सुविधाको सदस्यता लिन सक्छन् र निर्धारित मितिमा डिजिटल रूपमा निरन्तर आफ्नो बीमा रकम भुक्तानी गर्न सक्छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले यो सम्झौता मेटलाइफ, नेपाल क्लियरिङ हाउस र स्ट्याण्डर्ड चार्टर्ड बैंक बीचको सहकार्यको उत्कृष्ट उदाहरण रहेको जनाउँदै यसको विकासले बैंकिङ उद्योगको लागि बीमा शुल्क सङ्कलन प्रक्रियालाई परिवर्तन गर्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।