माछापुच्छ्रे बैंक र केएफसीबीच व्यवसायिक सहकार्यको सम्झौता

0
Shares

माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफस आउटलेट दिव्यानी इन्टरनेशनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ । जस अन्तर्गत केएफस, क्रिमबेल र पिज्जा हट आउटलेटहरु सञ्चालनमा छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले दिव्यानी इन्टरनेशनल नेपाल प्रा.लि मा आवद्ध भएका केएफस, क्रिमबेल र पिज्जा हट आउटलेट मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यम क्युआर वा पीएसओ मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढिमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गतेसम्म प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।