आइतबार सुन-चाँदीको भाउ कति ?


आइतबार स्थानिय बजारमा छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबारको तुलनामा छापावाला सुनको भाउ आइतबार स्थिर बनेको हो । शुक्रबार ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । आज चाँदीको भाउ १ हजार ४५५ रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा चाँदीको भाउ आज पनि घटबढ नभएको  महासंघले जनाएको छ ।  

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६० दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २८ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।