राष्ट्र उत्थान लघुवित्तले तोक्यो साधारण सभा र बुक क्लोज मिति


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले असार १६ गते शनिबार होटल अरनिको, धुलिखेल, काभ्रेपलान्चोकमा सभा आह्वान गरेको हो ।

सभाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड आशा लघुवित्त वित्तीय संस्था लिमिटेडसँंग गाभ्ने\गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने छ ।

यस्तै संस्थाको चुक्ता पूँजी १७ करोड ५० लाखबाट वृद्धि गरी २६ करोड पुर्‍याउने सम्बन्धि प्रस्ताव पारित गर्नुका साथै प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने छ ।

सभाले आर्थिक बर्ष २०७८\०७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने छ ।

लघुवित्तले चौथो वार्षिक साधारण सभा प्रयोजनका लागि असार ५ गते १ दिन बुक क्लोजको मिति घोषणा गरेको छ । बुक क्लोज अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असार ४ गते सोमबारसम्म कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।