सेयर बजारमा उत्साह छाउँदा चार महिना यताकै उच्च कारोबार

0
Shares

सेयर बजारमा उत्साह छाउँदा आइतबार चार महिना यताकै उच्च कारोबार भएको छ । बजारबाट बाहिरिउका लगानीकर्ताहरुको समेत प्रवेश भई लगानी बढाउन थालेपछि कारोबार ३ अर्ब नाघेको हो । 

आइतबार ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि २०७९ माघ २५ गते बुधबार ३ अर्ब ५६ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।  आइतबार नेप्से परिसूचक ४०.४८ अंक बढेर १९८०.०९ विन्दुमा बन्द भएको छ । यस दिन कारोबार सूचक नेप्से १९८३.९८ विन्दुसम्म पुगेर फर्किएको हो । यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.१० अंक, फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ इण्डेक्स २.०७ अंकले बढेको छ ।

दिनभरिमा २७५ स्क्रिप्टकको ९५ लाख २८ हजार कित्ता २५५ कित्ता सेयर ६१ हजार ४५० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६४ रुपैयाँ बराबरमा समेटिएको छ । यस दिन कारोबारमा आएका २७५ मध्ये २३८ को मुलय बढ्दा २३ स्टकको मूल्य घटेको छ भने १४कम्पनीको स्थीर रहेको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहगत परिसूचकमा हरियाली छाएको बजारमा फाइनान्स सर्वाधिक ५.७२ प्रतिशत बढेको भने लगानी ५.११, विकास बैंक ४.६६ प्रतिशत बढेको छ । व्यापार ३.८८ र उत्पादन तथा प्रशोधन ३.५३ प्रतिशत बढेको छ । 

आजैदेखि कारोबारमा आएको सिटि होटल र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । सटि होटलको सेयरमूल्य ११ रुपैयाँ १० पैसा बढेर १२२ रुपैयाँ १० पैसा र भुगोल इनर्जीको २२ रुपैयाँ ३० पैसा बढेर २४५ रुपैयाँ ३० पैसा पुगेको छ ।  त्यसैगरी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ८.७०, रिलायन्स फाइनान्स ८.३६, नागरिक लगानी कोष ८.३१, मकर जितुमाया सुरी हाइड्रोपावरको ८.२४ र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ८.१३, बलेफी हाइड्रोपावर ७.६४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ७.१० र वीन नेपाल लघुवित्तको सेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्य सर्वाधिक ३.८३ प्रतिशतले घट्दा मेगा म्युचुअल फन्ड–१ को २.५३, मनकामना स्मार्ट लघुवित्त २.५१, एनआईसी एशिया सेलेक्ट फन्ड २.४० र प्रभु स्मार्ट फन्डको इकाईमूल्य १.९४ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा नागरिक लगानी कोष ११ करोड ४७ लाख रुपैयाँको कारोबार हुँदै शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट्स १० करोड ८७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स १० करोड ६८ लाख रुपैयाँ, नेपाल टेलिकम ८ करोड १२ लाख ६४ हजार र नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबारको कारोबापछि समग्र बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।