‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९’ को सूचीकरण खारेज

0
Shares

‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९’ को सूचीकरण खारेज भएको छ । एभरेष्ट बैंक लिमिटेडले २०८० जेठ १७ गते नेप्सेलाई पत्राचार गर्दै सूचीकरण खारेज गर्न आग्रह गरेको थियो ।

एभरेष्ट बैंकले दिएको निवेदन बमोजिम ४६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको ४ लाख ६८ हजार ८४५ थान ‘८% प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९’ को सुचीकरण खारेज गरेको हो ।

विसं २०८० जेठ २८ गतेपछि परिपक्क भएकोले एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७९ को सूचीकरण जेठ २८ गते खारेज गरिएको नेप्सेले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।