सोमबार सामान्य घट्यो सुनको भाउ


सोमबार स्थानिय बजारमा छापावाला सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज सामान्य घटेको हो ।

आज छापावाला सुनको भाउ १ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार आइतबार १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको थियो । आज चाँदीको भाउ १ हजार ४५५ रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा चाँदीको भाउ आज घटबढ नभएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।