विनियोजन विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित

0
Shares

संघिय संसदको प्रतिनिधि सभाको सोमबारको बैठकले विनियोजन विधेयक पारित गरेको छ । अर्थमन्त्रीले पेस गरेको आगामी आर्थिक वर्षको शिर्षकगत खर्चको अनुमती दिने विनियोजन विधेयक पारित गरेको हो ।

प्रतिनिधि सभाको सोमबारको दोस्रो बैंठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेको विधेयक बहुमतले पारित गरेको हो । सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने पेस गरेको भएपनि विनियोजन विधेयक मात्र पारित भएको हो ।

उक्त विधेयकले पारित भएसंगै सरकारले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघिय सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्ने र खर्च गर्ने अधिकार पाएको छ । विनियोजन विधेयकमा संघिय सञ्चित कोषबाट मन्त्रालय तथा सरकारी निकायहरुलाई चालु, पुँजी तथा वित्तीय व्यवस्थापनका लागि विनियोजीत रकम उल्लेख गरीएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । सरकारले बजेटलाई चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।