आदर्श लघुवित्तको असार १ गतेदेखि सेयर कारोबार रोक्का हुँदै

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार असार १ गतेदेखि रोक्का हुँदैछ ।

डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जान लागेको लघुवित्तको सेयर बिहीबारसम्म नेप्सेमा खरिद बिक्री हुनेछ । कम्पनीले यसअघि नै मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अनुरोध गरिसकेको छ । कम्पनीले नेप्सेलाई पत्राचार गर्दै असार १ देखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ ।

मर्जरसम्बन्धी निर्देशिका बमोजिम मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ दिनसम्मका लागि शेयर कारोबार रोक्का राख्न पाइने व्यवस्था छ ।

डिप्रोक्स लघुवित्तले आदर्शलाई १ः१ सेयर स्वाप रेसियोमा पप्ती गरेर असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दै छ । एकीकृत कारोबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती गरेर असार १ गतेदेखि कारोबार थाल्दै

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।