मंगलबार सुन-चाँदीको भाउ बढ्यो


स्थानिय बजारमा मंगलबार छापावाला सुनको भाउ १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ ३ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अनुसार सोमबार १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण गरिएको थियो । आज चाँदीको भाउ १ हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

हिजोको तुलनामा चाँदीको भाउ आज ५ रुपैयाँले बढेको हो । सोमबार चाँदीको भाउ १ हजार १४५ रुपैयाँमा कायम थियो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६० दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १५ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।