दुई दिनमा १७ सयले घट्यो सुनको भाउ


स्थानिय बजारमा सुनको भाउ दुई दिनको अवधिमा १७ सय रुपैयाँले घटेको छ । बुधबार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज पुन ८ सय रुपैयाँले घटेको हो ।

आज घटेसँगै छापावाला सुनको भाउ १ लाख ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । हिजो सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबिच तेजावी सुनको भाउ १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ कायम गरेको हो ।

हिजोको तुलनामा चाँदीको भाउ आज २० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको भाउ १ हजार ४०५ रुपैयाँमा कायम गरिएको छ । हिजो चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३४ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।