वार्षिक ४० लाख भन्दा धेरै आयको विवरण परिक्षण गर्न राजस्व विभागको निर्देशन

0
Shares

आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख भन्दा धेरै आय भएका व्यक्तिको विवरण परिक्षण गर्न मातहतका संस्थालाई निर्देशन दिएको छ । विभागले ४० लाख भन्दा धेरै आय भइ विवरण नबुझाएका र अग्रिम कर कट्टी न्यून भएको अवस्थामा त्यसलाई पुन परिक्षण गर्न निर्देशन दिएको हो ।

विभागले आयकर ऐन २०५८ को दफा ९७ अनुसार ४० लाख भन्दा धेरै आय गर्नेको हकमा वार्षिक विवरण नबुझाएको भए वा न्यून अग्रीम कर कट्टटी भएको भए त्यसलाई चेक जाँच गर्न भनेको विभागका प्रबक्ता राजू प्याकुरेलले जानकारी दिए । “विभागले नियामकीय काम गर्ने क्रममा विवरण नबुझाएका र न्यून अग्रीम कर कट्टी भएको भए त्यसलाई फलो अप गर्न भनेको हो,” प्याकुरेलले भने,“आयकर ऐनमा ४० लाख भन्दा धेरै कमाउने आय विवरण बुझाउनु पर्ने व्यवस्था भएको ३–४ वर्ष भै सकेको छ, सोही अनुसार आय विवरण र अग्रीम कर कट्टी नमिलेको भए मिलान आवश्यक प्रक्रिया पुरा गरेर मिलान गराउन भनिएको हो ।”

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई पत्र लेख्दै ४० लाख भन्दा धेरै आय गर्ने करदाताको आय विवरण पुन परिक्षण गर्न भनेको हो ।

साथै विभागले आय विवरण र अग्रिम कर कट्टी भएको विवरण चेकजाँच, परीक्षण सम्बन्धि सम्पूर्ण काम गरी इएआइएमएसमा राख्न भनेको हो । त्यसका लागि विभागले डीओफोर आय विवरण पेस नगर्ने करदाताको विवरण हेर्न सकिने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।