आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ ।

डिप्रोक्स लघुवित्तसँग बिलय प्रकृयामा लघुवित्तको असार १ गतेदेखि एकीकृत कारोबार हुने भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्स) ले आदर्शको सेयर कारोबार रोक्का राखेको हो ।

लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो । प्राप्ती भएकाले डिप्रोक्स लघुवित्तको सेयर कारोबार भने सुचारु नै रहनेछ ।

डिप्रोक्स लघुवित्तको एक्काइसौँ वार्षिक साधारण सभा र आदर्श लघुवित्तले गत फागुन ३० गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभा मार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गराएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।