यूनिक नेपालको एफपीओ र तीन लघुवित्तको बोनस नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको थप नयाँ निष्कासन (एफपीओ) र तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यूनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सूचीकृत भएको हो । यूनिक नेपालको सेयर कारोबारका लागि साबिककै यूएनएलबी कारोबार संकेत दिएको छ ।

यस्तै साना किसान विकास लघुवित्त, नयाँ सारथी लघुवित्त र उपकार लघुवित्तको गरी कुल ५० लाख ४९ हजार १५७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साना किसान विकास लघुवित्तको चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ४० लाख ६७ हजार ४७५ कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । यस्तै नयाँ सारथी लघुवित्तको चुक्ता पुँजीको १९ प्रतिशत अर्थात ५ लाख ७६ हजार ४५० बोनस सेयर र उपकार लघुवित्त लघुवित्तको चुक्ता पुँजीको ६१.७५ प्रतिशतले हुन आउने ४ लाख ५ हजार २३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार सूचीकृत सेयर सम्बन्धीत लगानीकर्ताहरुले आफ्नो डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

आज सूचीकृत भएका बोनस सेयर सम्बन्धीत लघुवित्तको वार्षिक साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

साना किसान विकास लघुवित्तको २०७९ चैत १० गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि फागुन २८ गते, नयाँ सारथी लघुवित्तको चैत २८ गते सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाका लागि चैत १५ गते बुकक्लोज गरेको थियो । यस्तै उपकार लघुवित्त २०७९ फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाका लागि फागुन ४ गते बुकक्लोज गरेको थियो ।

बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बोनस सेयर पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।