सोमबार सुन किन्नेले १ लाख १२ हजार खर्चिनुपर्ने


स्थानिय बजारमा सोमबार सुनको भाउ १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ नै निर्धारण गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको भाउ स्थिर बनेको हो । 

यसैबिच आज तेजावी सुनको भाउ पनि स्थिर छ । आज तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता हिजोको तुलनामा चाँदीको भाउ आज ५ रुपैयाँले घटेको छ । आइतबार १ हजार ४४५ रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५५ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव १ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार  १० : ३४ बजे