सामाजिक सुरक्षा कोषमा वृद्ध अवस्था सुरक्षा योजनाको योगदान रकम उच्च

0
Shares

सामाजिक सुरक्षा कोषको वृद्ध अवस्था सुरक्षा योजनामा आबद्ध हुनेको संख्या तथा योगदान रकम उच्च देखिएकोे छ ।

सामाजिक सुरक्षा कोषको असार ३ गतेसम्मको तथ्यांकका अनुसार वृद्ध अवस्था सुरक्षा योजनाबाट २२ अर्ब ८४ करोड ३१ लाख ८४ हजार २०९ रुपैयाँ योगदान रकम संकलन भएको छ भने चार अर्ब बढी दाबी भुक्तानी भएको छ ।

वृद्धावस्था सुरक्षा अन्तर्गत श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन पाउनेछन् । काम गर्न नसन्ने अवस्थामा पेन्सन पाउने भएकोले पनि वृद्ध अवस्था सुरक्षा कोषमा धेरै योगदानकर्ताको योगदान रहेको छ । पेन्सन पाउन कम्तिमा १५ वर्षसम्म कोषमा योगदान गरेको हुनुपर्ने छ ।

यस्तै वृद्ध अवस्था सुरक्षा कोष पछि सबैभन्दा धरै साधारण अवकाश कोषबाट योगदना रकम प्राप्त भएको छ । साधारण अवकाश कोषमा ७ अर्ब ४५ करोड ६४ लाख ४ हजार ८०१ रुपैयाँ संकलन भएको छ ।

यस्तै सबैभन्दा धेरै रकम संकलन हुनेमा तेस्रो स्थानमा दु्र्घटना तथा अशक्तता सुरक्षा योजना रहेको छ । सो योजनाबाट १ अर्ब ५९ करोड २४ लाख ५४ हजार २०८ रुपैयाँ संकलन भएको छ ।

यस्तै उपचार स्वास्थ्य तथा मातृत्व योजनाबाट १ अर्ब ६ करोड ३० लाख ११ हजार ३८७ रुपैयाँ संकलन भएको छ । निवृतिभरण प्रतिफल कोषबाट ८७ करोड २७ लाख ५४ हजार ८७५ रुपैयाँ संकलन भएको छ । अतिरिक्त योगदान कोषबाट ३६ करोड ४४ लाख ९३ हजार ३८ रुपैयाँ संकलन भएको छ।

यस्तै ३१ करोड ५१ लाख १२ हजार ७७३ रुपैयाँ अन्य कोषबाट स्थानान्तर गरिएको छ । आश्रित परिवार सुरक्षा योजनाबाट २८ करोड ७० लाख १३ हजार ४९४ रुपैयाँ संकलन भएको छ ।

यस्तै अवकाश प्रतिफल कोषबाट २१ करोड ४४ लाख १८ हजार ७०८ रुपैयाँ, विशेष सुविधा अवकाश बचत कोषबाट ९४ लाख २२ हजार ४२० रुपैयाँ संकलन भएको छ । यसैबिच हालसम्म सामाजिक सुरक्षा कोषमा ३५ अर्ब १ करोड रुपैयाँ जम्मा भएको छ भने चार अर्ब ७८ करोड दाबी भुक्तानी गरको कोषले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।