सुनको भाउमा सामान्य गिरावट, आजको भाउ कति ?


मंगलबार छापावाला सुनको भाउ २ सय रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको छापावाला सुनको भाउमा आज सामान्य गिरावट आएको हो ।

आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाामा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

यता हिजोको तुलनामा चाँदीको भाउ आज १० रुपैयाँले घटेको छ । सोमबार १ हजार ४४० रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५० दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।