साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थोक लघुवित्तीय सेवा प्रदायक दुई कम्पनीहरु साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई एक आपसमा मर्जरमा जान स्वीकृसत प्रदान गरेको छ ।

सेबोनले असार ४ गते संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि अनुमति दिएको हो । दुई संस्थाले २०८० जेठ ३० को पत्र पठाउँदै बोर्डबाट गाभ्न–गाभिन तथा प्राप्ति गर्न अन्तिम स्वीकृति मागेका थिए ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम दुई लघुवित्तलाई गाभ्ने–गाभिने अन्तिम स्वीकृति प्रदान गरिएको बोर्डका सहायक निर्देशक लक्ष्मी पौडेलले जानकारी दिइन् ।

साना किसान लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । दुबै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ भने एकीकृत संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।