सुनको भाउमा लगातार गिरावट, आजको भाउ कति ?


स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः ८ सय रुपैयाँले घटेको हो ।

आज घटेसँगै सुनको भाउ १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार ४५० रुपैयाामा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।

यता हिजोको तुलनामा चाँदीको भाउ आज ४५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार ४४० रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३६ दशमलव १३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।