सोह्रौं योजनाको तयारीमा जुट्यो योजना आयोग, पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल गर्दै

0
Shares

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौं योजना तर्जुमाको तयारी सुरु गरेको छ । आयोगले योजना कस्तो बनाउनुपर्छ ? विज्ञहरुको राय समेत लिने भएको छ ।

१६ औं योजनाका लागिआयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल हुनेछ । बुधबार दिउँसो होटल याक एण्ड यतिमा पूर्व उपाध्यक्षहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने छ । बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।