कुन रुटमा कति घट्यो हवाई भाडा ? (सूचीसहित)


नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाण्डौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाण्डौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो । निगमले हवाई इन्धनको मूल्य ६.३ प्रतिशतले घटाएको हो ।

नयाँ दर अनुसार काठमाण्डौं –भद्रपुरको तीन सय रुपैयाँ, काठमाण्डौं –विराटनगरको दुई सय ४० रुपैयाँ, काठमाण्डौं –धनगढीको चार सय ४५ रुपैयाँ, काठमाण्डौं –नेपालगञ्जको तीन सय २५ रुपैयाँ, काठमाण्डौं –भैरहवाको दुई सय १० रुपैयाँ र काठमाण्डौं –सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ । 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।