राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी (सूचनासहित)


राष्ट्रिय वाणिज्य बैंकले आगामी वर्ष ४६५ जना नयाँ कर्मचारी माग गरेको छ । बैंकले स्थायी पदपूर्तिको लागी खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो ।

बैंकले चार तहदेखि ९ तहसम्म ४६५ जनाका लागी आवेदन खुलाएको हो ।

कुल कर्मचारीमध्ये खुलाबाट २२१ जना, महिला समूहबाट ७६ जना, आदिवासी जनजातीबाट ५९ जना, मधेसीको लागी ४७ जना, दलित २८, अपांग १५ र पिछडिएकालाई १९ जनाको आवेदन माग गरिएको छ ।

इच्छुक आवेदकले असार १० गतेदेखि २१ दिनभित्र अर्थात असार ३० गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुरमा भने थप सात दिन अर्थात साउन ७ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदकले website https://recruitment.rbb.com.np बाट अनलाइन फाराम भर्नु पर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।