स्थानीय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । यो साता मात्रै सुनको भाउ तोलामा २ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।
अघिल्लो साता छापावाला सुनको भाउ १ लाख ११ हजार ८०० रुपैयाँ रहेकोमा २ हजारले घटेर असार ८ गते शुक्रबार आइपुग्दा १ लाख ९ हजार ८०० रुपैयाँमा झरेको छ । यस्तै तेजावी सुनको भाउ पनि असार १ गते शुक्रबार १ लाख ११ हजार २५० मा कारोबार भएकोमा हिजो शुक्रबारसम्मआइपुग्दा १ लाख ९ हजार ३०० रुपैयाँमा झरेको छ ।
आइतबार तोलामा २०० ले बढेको सुनको भाउ सोमबार स्थीर रह्यो । मंगलबारदेखि शुक्रबारसम्म सुनको भाउ घटेको हो । मंगलबार तोलामा २०० ले घटेको सुन बुधबार ८००, बिहीबार ५०० र शुक्रबार ७०० ले घटेका हो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गरेको छ । शनिबार बाहेक हप्ताको ६ दिन सुन चाँदीको भाउ निधाएराण् हुने गर्दछ ।
यता यो साता आज चाँदीको भाउ पनि ९० रुपैयाँले सस्तिएको छ । गत शुक्रबार तोलाको १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ यो साताको अन्त्यमा १ हजार ३३५ रुपैयाँमा रहेको छ । चाँदी आइतबार २० रुपैयाँले बढेको थिो भने सोमबार ५, मंगलबार १०, बुधबार ४५, बिहीबार र शुक्रबार २५–२५ रुपैयाँले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२१ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ४२ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
