प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)


लोकसेवा आयोग कोशी प्रदेशले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले आज सोमबार एक सूचना प्रकाशित गरी खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न आयोगले दरखास्त आह्वान गरेको हो ।

प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृत स्तरका आठौँ तह र सातौँ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।

इच्छुक गोग्यता पुगेको उम्मेदवारले असार ३१ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर श्रावण ७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । सबै पदहरुका लागी अनलाइन मार्फत नै दरखास्त दिनुपर्ने छ ।

प्रत्येक विज्ञापनका लागी दरखास्त दस्तुर १२ सय रुपैयाा बुझाउनु पर्नेछ । एकै समूहको पदका समवेशी समूह तथा थप विज्ञापनमा अवेदन दिँदा थप समूह प्रत्येकका लागी ४ सय रुपैयाँ बुझाउनुपर्ने आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।