पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारको आरोप छ। अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।