रिपब्लिक मिडियामा आईपीओ भरेका ७२ हजार आवेदन रद्द

0
Shares

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा आवेदन गरेपनि विविध कारणबाट ७२ हजार १५८ वटा आवेदन रद्द भएको छ । आवेदन रद्द भएसँगै उल्लेखित संख्याबाट परेको ८ लाख ६७ हजार ७४० कित्ता माग पनि स्वत रद्द भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार कम्पनीको आईपीओमा कुल १२ लाख ९९ हजार ७२७ आवेदन परेकोमा १२ लाख २७ हजार ५६९ आवेदन मात्र स्वीकृत भएको हो । कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता सेयर माग भएकोमध्ये १ करोड ३२ लाख ४१ हजार ८२० कित्ताको माग मात्रै सदर हुँदा ८ लाख ६७ हजार ७४० कित्ताको माग रद्द भएको हो ।

कसकाे कति आवेद रद्द भयो ?

१. सि–आश्वा प्रणाली मार्फत ६५ हजार २३८ वटा आवेदनबाट परेको ७ लाख ७४ हजार ७६० कित्ताको माग
२. दोहोरो आवेदन गरेका ९१३ वटा आवेदनबाट परेको १० हजार ६६० कित्ता
३. वैदेशिक रोजगारमा रहेका र कर्मचारीबाट दोहोरो आवेदन परेको ६ हजार ७ वटा आवेदन मार्फत परेको ८२ हजार ३२० कित्ता

कुल १२ लाख २७ हजार ५६९ आवेदनमध्ये सि आश्वाबाट अस्वीकृत भएको बाहेक १२ लाख ३४ हजार ४८९ आवेदकबाट माग भएको १ करोड ३३ लाख ३४ हजार ८०० कित्ता प्रमाणीकरण भएको थियो । प्रमाणीकरण भएकामध्ये पनि ६ हजार ९२० आवेदकबाट परेको ९२ हजार ९८० कित्ता बदर भएको हो । सि–आश्वा प्रणालीबाटै ६५ हजार २३८ आवेदकको ७लाख ७४ हजार ७६० कित्ताको माग अस्वीकृत भएको थियो ।

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसअनुसार कम्पनीको आईपीओ भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सहित ११ कित्ता सेयर पाएका छन् । सदर आवेदकमध्ये ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।