शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ


शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

शर्मालाई मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरी सीआईबीले सोमबार नेपाल ल्याएको छ ।

भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको समन्वयमा शर्माको खोजी तीव्र पारेको थियो ।

रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए । यसैबिच शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ । प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको छ । उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट पनि भएको ठगीको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।